Banner News

राजपासँगको सहकार्य विश्वासिलो र सुदृढ बन्नु पर्दछ : मन्त्री पोखरेल



काठमाडौँ, १२ माघ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीचको सहकार्य विश्वासिलो र सुदृढ बन्नु पर्ने बताएका छन् ।

बर्दिवासमा नेकपा महोत्तरीद्वारा आयोजित प्रदेश नं २ बाट राष्ट्रियसभामा निर्वाचित प्रतिनिधिलाई बधाइ ज्ञापन गर्दै मन्त्री उनले पोखरेलले राजपासँगको सहकार्यले निर्वाचनमा राम्रो परिणाम आएको बताए ।

उनले भने, ‘राष्ट्रियसभा निर्वाचनमा दुवै दलको आवश्यकताले हामीबीच सहकार्य भयो, अब मुलुकको समृद्धि अभियान अघि बढाउन यो सहकार्य अझ विश्वासिलो र सुदृढ बन्नु पर्दछ ।’

नेकपाबाट राष्ट्रियसभामा निर्वाचित तुलसा दाहाल र राधेश्याम पासवानले जनअधिकार र जनचासोका केन्द्रित रहने प्रतिबद्धता जनाए । नेकपाका केन्द्रीय सदस्य तथा महोत्तरीका इञ्चार्ज राजु खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।