मोरङ, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पहिलो जनबर्गिय सङठन पिन ले प्रदेश एक स्तरिय बृहत् भेटघाट तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार मोरङको बेतना बेलबारीमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रदेश एकका सबै जिल्लाबाट करिब २ सयभन्दा बढि इन्जिनियर सहभागी भएको पिन प्रदेश एकका नेता डेगराज पौडेलले जानकारी दिनु भएको छ ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामला मन्त्री हिक्मत कार्कीले पिनको माग बमोजिम प्रदेश सरकारले प्रदेश इन्जिनियरिङ स्टाफ कलेज निर्माण गरिने प्रतिबद्दता ब्यक्त गर्नु भएको छ । उहाँले प्रदेशको मसृद्धिमा इन्जिनियरको भूमिका प्रमुख रहने र इन्जिनियरलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज स्टाफ कलेज भए अनिबार्य केही महिना तालिम गराएर हामी विभिन्न स्थानिय तह र प्रदेस मा नव प्रवेसी साथीहरुलार्इ हामी प्रवेश गराउथ्यौ र काममा सहज हुने थियो । हामीले अब यो कुरा सरकारको तर्फबाट अगाडि बढाउछौ तपाईंहरुले प्रस्ताव हामीलार्इ दिनुस ।’
कार्यक्रममा प्रदेश एकका वन वातावरण पर्यटन राज्य मन्त्री विजय विश्वासले सरकार इन्जिनियरको ज्ञान सीपलाई साथ मालिएर अगाडि बढ्न तयार रहेको बताउनु भयो ।
इन्जिनियर दिपक पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पिन प्रदेश एक इन्चार्ज डा भेसराज थापा पिनका नेताहरु नन्द बन्जाडे, चुडा राज ढकाल, सन्जिब रोकाहा, रोशन भट्टराई लगायतको सहभागिता रहेको आयोजकले जनाएका छन ।










प्रतिक्रिया दिनुहोस्