काठमाडौँ, १२ माघ । सभामुख एकल उम्मेदवार अग्नि सापकोटाको सुनुवाई स्थगित भएको छ ।
काभ्रेका अर्जुन लामा हत्या प्रकरणलाई आधार बनाएर ‘सापकोटालाई सभामुख नबनाउन’ परेको रिटमा सर्वोच्चले सापकोटालाई उपस्थितका लागि आइतबार अदालत बोलाएको थियो ।
अदालतले रिटमाथिको आइतबारको सुनुवाई स्थगित गरेको छ । सापकोटालाई सभामुखबाट रोक्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्