विश्व

चीनले पर्यटकीय गतिविधि स्थगित गर्ने



एजेन्सी, १२ माघ । चीनले सबै प्रकारको पर्यटकीय गतिविधि र अन्तर्राष्ट्रिय ‘टुर’ भ्रमण स्थगित गर्ने भएको छ ।

कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि चीनले सोमबारदेखि पर्यटकीय गतिविधि र अन्तर्राष्ट्रिय ‘टुर’ भ्रमण स्थगित गर्ने भएको हो ।

आन्तरिक पर्यटकीय गतिविधि भने गएको शुक्रबारदेखि नै स्थगित गरिएको छ । अहिलेसम्म यो भाइरसबाट कम्तीमा ४२ जनाको ज्यान गइसकेको छ भने एक हजार चार सयभन्दा बढी सङ्क्रमित भएका छन् । अमेरिका, कोरिया, जापान, थाइल्याण्ड र फ्रान्समा पनि यसको सङ्क्रमण देखिएको छ ।