समाचार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



झापा, १२ माघ । दमक नगरपालिका–१० नयलबारीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शनिबार बेलुकी को ३५ प १०५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमै पल्टिँदा गम्भीर घाइते भएका मोरङको उर्लाबारी नगरपालिका–९ का ३१ वर्षीय धिरेन तामाङको उर्लाबारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।