काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन ।
आज बिहान ११ बजे राष्ट्रपतिभवन शीतलनिवासमा आयोजित एक समारोहबीच सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरुको उपस्थिती रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्