Banner News

बालुवाटारको जग्गा अनियमितता गर्नेलाई केही दिनभित्रै कार्बाही हुन्छ : मन्त्री अर्याल



काठमाडौँ, १३ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माहकुमारी अर्यालले बालुटारको जग्गा अनियमितता गर्नेलाई केही दिनभित्रै कार्बाही हुने बताएकी छन् ।

आज मन्त्रालयले दुई वर्षको अवधीमा गरेका प्रगति विवरणका बारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सरकारले अब हजारका हजार जमिन सरकारका नाममा फिरता गर्ने बताएकी हुन् ।

उक्त अवसरमा एक सय २५ बिघा १६ कट्ठा सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता गरेको बताउदै मन्त्री अर्यालले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता गर्नेमाथि छिट्टै कारबाही अघि बढ्ने बताइन् ।

जटिल विषय भएकाले अनुसन्धानमा समय लागेको भन्दै मन्त्री अर्यालले अनुसन्धानमा कमजोरी भए अदालतले प्रश्न उठाउन सक्ने भएकाले विधि पुर्या एर अनुसन्धान गरिएको मन्त्री अर्यालले बताइन् ।

उनले भनिन, ‘सरकार अनाधिकृत व्यक्तिले आफ्नो नाममा बनाएको जग्गा फिर्ता गर्ने अभियानमा छ । सबै ठाउँको डिटेल आइसकेको छैन विस्तारै सबै ठाउँको डिटेल आउँछ, ‘हामीले एक सय २५ विघा १६ कट्ठा सरकारी/सार्वजनिक जग्गा दुषित बदर गरेका छौ ।’

मन्त्री अर्यालले २६ हजार १७६ हेक्टर जमिनको पुन नापी, गाउँ ब्लक नापी र बिशेष नापी गरिएको बताइन् । उनले उदयपुरको बेलका नगरपालिका—३ को १० वर्ग किलोमिटर क्षेत्रभित्र १७ सय ८६ घरधुरीको ३३ सय कित्ता जग्गाको अनौपचारिक भूसम्वन्धको तथ्यांक संकलन गरिएको छ जानकारी दिइन् ।