रुपन्देही, १४ माघ । रुपन्देहीको रोहिणी गाँउपालिकामा पर्ने ४ छिपागढमा ३ वटा ट्रक एकआपसमा ठोक्किदा ३ जनाको घटनास्थमै मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
विहान हुस्सु लागेर बाटो कठिन भैरहेको बेला अत्याधिक गतिमा रहेका ट्रकहरु ठोक्किएका हुन । भैरहवादेखि परासी तर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवा तर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक अत्याधिक कुहिरोको कारण एक आपसमा ठोक्किएको हो ।
दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छैन घाइते मध्ये ४ जनाको अवस्था गम्भिर छ भने अन्य ५ जना पनि घाइते भएका छन् । घाइतेलाई भैरहवा स्थित भिम अस्पताल र युनिभर्षल मेडिकल कलेज पठाईएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्