काठमाडौँ, १४ माघ । राष्ट्रियसभा सदस्य कोमल वलीले आस्था राउतलाई थुनामा राखेर अनुसन्धान गर्न गलत भएको बताएकी छन् ।
अनुसन्धानका आधारमा थुन्ने अधिकार भए पनि भागेर जाने अवस्था, बाहिर राख्दा प्रमाण नष्ट हुने अवस्था, गम्भिर खालको अपराध गरेको र तीन वर्ष भन्दा बढी कैद हुने अवस्थामा मात्रै थुनामा राख्न सक्ने भन्दै उनले राउतको मुद्दामा यस्तो अवस्था नभए पनि थुनामा राख्नु गलत भएको बताए ।
उनले भनिन, ‘कानुनको मिसयुज भएको छ । फैजदारी अभियोगमा माफी पाएर उन्मिुक्ति पाउनुपर्छ भन्ने छैन । तर उसले गैर कानुनी कार्य गरेको छ की छैन ? आस्थाले गरेको काम कानुनले निषेध गरेको छ छैन भन्ने हेरिनुपर्छ । गालीगलोज गरेको पनि छैन । अपशब्द पनि गरेको छैन । कानुनले जे जे गर्नुहुन्न भनेको छ त्यो गरेको देखिँदैन त्यो अवस्थामा थुनामै राख्नुपर्ने अवस्था किन ?’
‘सीडीओले यस्तो सामान्य घटनामा कसरी थुन्ने आदेश दिन सक्छ । उजुरी गर्नासाथ यसरी थुन्ने आदेश दिने हो भने फौजदारी न्यायको मुलमर्म नै नष्ट हुन्छ । पहिले सुन्ने अनि थुन्ने हो । प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गरेको छ ।’ वलीले भनिन् ।










प्रतिक्रिया दिनुहोस्