बागलुङ, १५ माघ । बागलुङ गलकोट नगरपालिका-३, हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा आगलागी भएको छ ।
मंगलबार गलकोट नगरपालिका-६ का शिव आचार्यले सञ्चालन गर्दै आएको घुम्टे कपास उद्योगमा विद्युत चुहिएर आगलागी भएको र आगलागीबाट उद्योगको कपडा पेल्ने मेशिन तथा कच्चा पदार्थमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
त्यस्तै, पार्किङ गरेर राखिएको ध १ प १३२५ नम्बरको मोटरसाइकलमा समेत सामान्य क्षति पुगेको छ ।
आगो स्थानीय तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।










प्रतिक्रिया दिनुहोस्