चितवन, १५ माघ । चितवनमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
मंगलबार बेलुका भरतपुर महानगरपालिका-५ कल्याणपुरमा ना ५५ प १४२५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अन्दाजी ३६ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा मृत्यु भएको पुरुषको सनाखत हुन बाँकी रहेको छ ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेका छ ।










प्रतिक्रिया दिनुहोस्