रौतहट, १५ माघ । रौतहटमा प्रहरी र भारतीय आपराधिक समूहबीच भएको गोली हानाहान भएको छ ।
उक्त गोली लागेर आपराधिक समूहका २० वर्षीय चाँद अली घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गएराती इशनाथ नगरपालिका १ बन्जरास्थित नेपाल भारत सीमासंग जोडिएको बकैया नदिको बाँधमा प्रहरी र भारतीय आपराधिक समूहबीच गोली हानाहान भएको हो ।
आपराधिक समूह भारत हुँदै नेपाल प्रवेश गर्न लागेको सूचना पाएपछि प्रहरी टोली नेपाल–भारत सिमानामा पुगेको थियो । प्रहरी गस्ति टोली र अपराधी समूहबीच जम्काभेट हुँदा अपराधी समूहले गोली चलाएपछि प्रहरीको जवाफी कारवाहीमा चलाएको गोली शेख चाँदको खुट्टामा गोली लागेको हो।










प्रतिक्रिया दिनुहोस्