काठमाडौँ, १६ माघ । आज शहिद दिवस, देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहिदप्रति सम्मान गर्दै बिभिन्न कार्यक्रम गरि मनाइँदैछ ।
वीर शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरु योद्धाहरुको योगदानमा शहिद दिवस मनाइएको हो ।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरुमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरुको सम्झनामा प्रत्येक वर्ष शहिद दिवस मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्