एजेन्सी, १६ माघ । बुर्किन फासोको उत्तरी क्षेत्रमा भएको नरसंहारका क्रममा ३९ जना मारिएका छन् ।
जिहादीहरुले एउटा गाँउमा गरेको आक्रमणमा परी उनीहरु मारिएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
‘सरकारी सुरक्षाकर्मीहरुले त्यस क्षेत्रमा कारवाही अभियान चलाएका छन्, उनीहरुले नै ३९ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
देशको उत्तरी सौम प्रान्तमा गत शनिबार घटना भएको बताइएको छ। घटनास्थल छिमेकी मुलुक मालीसँगको सीमा क्षेत्रमा पर्दछ ।










प्रतिक्रिया दिनुहोस्