काठमाडौँ, १७ माघ । चीनमा फैलिरहेको नयाँ कोरोना भाइरसले विश्वव्यापी स्वास्थ्य आपतकाल निम्त्याएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले घोषणा गरेको छ ।
चीन हुँदै अन्य देशमा समेत कोरोना भाइरसको संक्रमण फैलन थालेपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।
विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणाबारेडब्लूएचओका प्रमुख टेड्रोस एड्हानाेमले भने, ‘यो घोषणाको मुख्य कारण चीनमा के भइरहेको छ भन्ने होइन कि अन्य देशमा के भइरहेको छ भन्ने हो ।’
यसअघि पाँच पटकसम्म आपतकाल घोषणा गरिसकिएको बीबीसीले जनाएको छ । विश्व स्वास्थ्य संगठनले कमजोर स्वास्थ्य प्रणाली रहेका मुलुकमा कोरोना भाइरस फैलनसक्ने त्रास रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोना भाइरसका कारण चीनमा हालसम्म कम्तीमा २१३ जनाको ज्यान गइसकेको छ । चीनसहित विश्वका अन्य १८ देशमा पनि यसका बिरामी भेटिएका छन् ।










प्रतिक्रिया दिनुहोस्