समाचार

कोकिनसहित एक विदेशी नागरिक पक्राउ



काठमाडौँ, १७ माघ । कोकीनसहित एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीले दुई किलोग्राम २०० ग्राम कोकीनसहितलागुऔषसहित नियन्त्रण ब्यूरोले अवैधरुपमा कोकिन ओसारपसार कार्यमा सङ्लग्न बोलिभियन नागरिक सोल्यानो क्याभेज मिगुललाई बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

ब्यूरोले काठमाडौँ महानगरपालिका–२६ ज्याठास्थित रहेको बुद्धल्याण्ड होटलको ४०२ नम्बर कोठाबाट पक्राउ गरेको हो । पक्राउ परेका मिगुललाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।