पोखरा, १८ माघ । श्रीमतीको कुटाइले बागलुङमा श्रीमानको मृत्यु भएको छ ।
जिल्लाको तमानखोला गाउँपालिका १ बिसोक निवासी ६४ वर्षीय रविलाल विक र उनकी श्रीमतीबीच हात हालहाल हुँदा रविलालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार गएराती रविलाल र उनकी ६० वर्षीया श्रीमती जमुना विकबीच घरायसी कुरामा विवाद हुँदा हात हालाहाल हुने क्रममा श्रीमान रविलाल विक भित्ताको ढुंगामा ठोक्किन पुगेका थिए ।
श्रीमतीको धक्का खाएर ढुंगामा ठोक्किएका रविलालको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जमुनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्