नुवाकोट, १८ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व मन्त्री डा. प्रकाश शरण महतले व्यक्तिवादी सोचका कारण पार्टीले बदनाम व्यहोर्नु परेको उल्लेख गर्नुभयो ।
नुवाकोटको चौघडामा नेपाली कांग्रेस नुवाकोट साबिक कबिलास गाउँ बिकाश समितिका संस्थापक सभापति बलभद्र मिश्रको १३ औं दिनको पुन्य तिथिमा आयोजना गरिएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले कांग्रेस भित्र व्यक्तिलाई केन्द्रित बनाउने प्रवृत्ति बढेको भन्दै यो प्रवृत्तिले पार्टीलाई फाइदा नगर्ने बताउनुभयो ।
कांग्रेस एउटा घरपरिवार भएको र घरपरिवारमा झगडा परेको कुरा चौतारीमा गएर प्रचार गरेर कांग्रेस बलियो नहुने जिकिर गर्दै उहाँले पार्टीलाई बेफाइदा हुने र ब्यक्तिका कारण पार्टीलाई बदनाम बनाउने गतिविधि कोही पनि कार्यकर्तालाई नलाग्न आग्रह पनि गर्नुभयो ।
नेपालमा लोकतान्त्रिक पद्धतिलाई नै चुनौती दिने खालका शक्ति अहिले सत्तामा भएको भन्दै यस्तो अवस्थामा पार्टी भित्रको बेमेललाई पार्टी भित्रै छलफल गरेर समाधान गर्नुपर्ने तर्क गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्