सुनसरी, १९ माघ । सुनसरीमा हायस र नाइट बस एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ ।
आइतबार बिहान इनरुवाको सखुवागाछिमा पुर्वतर्फ आइरहेको ना ६ ख ७९५ नम्बरको बस र पश्चिमतर्फ गइरहेको बा ५ ख ३१५७ नम्बरको हायस एक आपसमा ठोक्किदा ३ जनाकोमृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
सो दुर्घटनामा घाइतेको संख्या अझै बढ्न सक्ने पुर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि अस्पताल लगिएको छ। मृतकको सनाखत भएको छैन। विस्तृत विवरण आउन बाँकी छ।










प्रतिक्रिया दिनुहोस्