राजनीति

राष्ट्रियसभा सदस्य रायमाझीले भने, ‘भिजिट वर्षको नाममा रोग नभित्र्याऊँ’



काठमाडौँ, १९ माघ । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले चीनबाट फैलिएको कोराना भाइरस धेरै देशमा फैलिएको भन्दै भ्रमण वर्षको नाममा देशमा रोग भित्र्याउन नहुने बताएका छन् ।

नागरिकलाई बचाउन सरकार सचेत हुनु पर्ने भन्दै उनले भने, ‘भिजिट नेपाल २०२० को नाममा देशमा रोगलाई भित्र पसाउने गर्नु हुँदैन । भिजिट वर्ष २०२० भएन भने २१ गरौंला, २२ गरौंला ।’

चाइनाले समेत केही पत्ता लगाउन नसकेको कोरोना भाइरस नेपालमा भित्रिए यहाँको जनशक्तिले रोकथाम गर्न नसकिने भन्दै उनले पहिल्यै सचेत हुनुपर्ने बताउदै उनले भने, ‘कर्णालीका नेपाली कतिपटक सिटामोट नपाएर मरेको अवस्था छ । यो भाइरस आए हाम्रो अवस्था के हुन्छ ?’