मकवानपुर, १९ माघ । हेटौंडामा २ स्कुल बसमाथि आगजनी भएको छ ।
शनिबार राति हेटौँडा उपमहानगरपालिका–५, पिप्लेस्थित जेनिथ इन्टरनेशनल विद्यालय परिसरभित्रका ना७ख ८७२८ र ना१क ३२१८ नंको बसमा आगलागी हुदा एउटा बस पूर्णरूपमा र अर्को आंशिक क्षति भएको जनाइएको छ ।
स्थानीयवासी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए । आगलागी आफैँ अथवा कसैले गरेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । उक्त घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्