समाचार

प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ



काठमाडौँ, २० माघ । चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल एक लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियारका प्रवक्ता प्रदिप कोइरालाका अनुसार आइतबार दिउँसो सेवाग्राहीको गुनासोपछि पुगेको अख्तियारको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो । सेवाग्राहीको गुनासोपछि अख्तियारको टोलीले उनलाई एक लाख रुपैयाँसहित पक्राउ गरेको कोइरालाले बताए ।