राजनीति

मन्त्री नेम्वाङद्वारा प्रदेशका मुख्यमन्त्रीसँग छलफल



काठमाडौँ, २१ माघ । पछिल्लो समय सवै नेपालीका आशा र भरोषाका केन्द्रविन्दुको रुपमा स्थापीत हुनुभएका भौतिक, पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गर्नुभएको छ ।

सिंहदरवारमा यातायात व्यवस्थापनमा देखिएका समस्यालाई निराकरण गर्दै सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न प्रदेश मुख्यमन्त्रीहरु तथा प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रीहरुसँग मन्त्री र नेम्बाङले विशेष चासोका साथ छलफल गर्नु भएको छ ।

छलफलमा उहाँले देशभर भइरहेका यातायात क्षेत्रको प्रगती तथा आगामी दिनमा गर्नुपर्ने विषयमा व्यापक मात्रामा छलफल गर्दै राय सुझाव समेत लिनुभएको छ । त्यस्तै उहाँले प्रदेश मातहतका यातायात तथा सडक क्षेत्रमा व्यापक मात्रामा निर्माण कार्यलाई तिव्रता लिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री नेम्वाङले यातायात क्षेत्रलाई व्यवस्थित तथा प्रभावकारी बनाउन आवश्यक कानुनहरु समेत निर्माण तथा परिमार्जन भइरहेको जानकारी गराउँदै आगामी दिनमा यो वा त्यो बहानामा विकास निर्माणका कार्यहरुलाई कसैले पनि रोक्न नहुने र रोक्न दिनुनहुनेमा जोड दिनुभयो ।

कार्यक्रममा मुख्यमन्त्रीहरुद्वारा केन्द्रीय सरकारसँग सहकार्य गरी आवश्यक प्रकृयाहरु तिव्र गतिका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँहरुले यातायात क्षेत्रमा भएका कानुनी समस्याहरुलाई चाँडो समाधान गरी समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक तुल्याउने मार्गमा अघि बढ्नपर्नेमा जोड दिनुभयो ।