Banner News

प्रतिनिधिसभा बैठकमा मन्त्री खतिवडाले चार विधेयक पेश गर्ने



काठमाडौँ, २१ माघ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

उकर  बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले चार वटा विधेयक पेश गर्ने तयारी रहेको छ । चार वटा विधेयकमा ऋण व्यवस्थापन विधेयक, बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक, नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक र धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयक अर्थमन्त्री खतिवडाले पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

यसैगरी शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले पारमाणविक विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची पनि रहेकाे छ ।