दाङ, २१ माघ । दाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
सोमबार राति घोराही उपमहानगरपालिका-३ सगरमाथा सिमेन्ट प्रालीको कम्पाउण्ड भित्र सोही कम्पनीको रा १ ख १७१० नम्बरको टिपरले ठक्कर दिँदा भारतीय नागरिक ५० वर्षीय बङकिङ चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिँदा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने टिपर सहित चालकलाई प्रहरी चौकी गोग्लीले नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्