राजनीति

विकासको विरोधीको नाम इतिहासमा कालो अक्षरले लेखिन्छ : सांसद बस्नेत



भक्तपुर, २२ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अबको वीस वर्षसम्ममा नेपालको सवैभन्दा विकसित जिल्लाको रुपमा भक्तपुरको पहिचान हुने बताउँदै नेपालको ‘अमेरिका र चीन’ हेर्न कहिँ कतैबाट कोही आन्तरिक तथा बाह्य व्यक्तिको केन्द्रविन्दु भक्तपुर हुने दावी गर्नुभएको छ ।

सूर्यविनायक नगरपालिकाको आयोजनामा भएको नयाँ शहर आयोजनाको विस्तृत परियोजना प्रस्ताव सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले अबको वीस वर्ष पछि अनेकौं विभिन्न बहानामा कुनै पनि जनप्रतिनिधिले छुट नपाउने अवस्था आउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अबको वीस वर्षसम्ममा नेपालको विकसित जिल्लाको रुपमा भक्तपुरको पहिचना स्थापीत हुन्छ । नेपालको ‘अमेरिका र चीन’को रुपमा हेर्न कोही आउँछ भने त्यो भक्तपुरमा हुन्छ । त्यसैले वर्तमान समयमा जनप्रतिनिधिले एक ढिक्का भई काम नगरेमा दश÷वीस वर्ष पछि यो वा त्यो बहानामा उक्त समयका जनताले छुट दिने छैनन् । वर्तमानलाई आधार बनाई दिर्घकालिन योजनाका साथ अघि बढ्नुपर्छ । अहिले एक दुई सय घर भत्कीएला तर वीस वर्षपछि उक्त काम गरे हजारौं घर भत्कनेछन् । जसबाट जनप्रतिनिधिलाई जनताले छुट दिने छैनन् ।’

वर्तमाजन निर्वाचित जनप्रतिनिधि तीन वटै तहसँग पहुँचमा रहेको उल्लेख गर्दै उहाँले सहजिकरण गर्ने पंती नै बाधा हाल्न जाने अवस्था नहोस् भन्नको लागि अहिले नै योजनावद्ध रुपमा लाग्न जरुरी रहेको औंल्याउनुभयो । वर्तमान केही जनप्रतिनिधिद्वारा वर्तमानलाई सम्बोधन गर्ने बहानामा भविष्यमाथि गम्भिर प्रहार भइरहेको बताउँदै उहाँले भन्नुभयो, ‘वर्तमानलाई हेर्दा दुई चार जनाले उपहार देलान तर भविष्यलाई अकल्पनीय क्षती पुर्याइरहेको हुन्छ । त्यसलाई विशेष ध्यान जान जरुरी छ ।’

कडाई र दृढताका साथ नयाँ शहर निर्माणलाई साथ दिँदै अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिँदै उहाँले जनप्रतिनिधि एक ढिक्का भई लागे चार वर्ष नभई दुई वर्षमा नै निर्माण सम्पन्न गर्न सकिने धारणा व्यक्त गर्नुभयो । भक्तपुरमा निर्माण गरिने उक्त शहरको लागि कतार, चाइनालगायतले समेत विशेष चासो दिएको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘अप्ठ्यारो भए सेयर गर्नुस्, समस्या समाधान हुन्छ । तत्काल काम अघि बढाउनुस् । त्यसको लागि जस्तोसुकै सहयोग गर्न तयार छु ।’

बालकोटमा आवश्यक पर्ने ठूला ठूला योजना तथा विकास निर्माण सम्पन्न हुने तयारीमा रहेको उल्लेख गर्दै आगामी दिनमा साना योजना तथा बजेट मात्र बालकोटमा माग हुने समेत उहाँले बताउनुभयो । भक्तपुरको विकास गर्दा कोही कसैलाई विनास तथा सुकुम्बासी हुन नपर्ने तर्क प्रस्तुत गर्दै उहाँले हरेक समस्याको समाधान नै ल्याण्ड पुलिङ भएको बताउनुभयो । उहाँले ल्याण्ड पुलिङको माध्यमबाट सवै जनतालाई जग्गा उपलब्ध हुने स्पष्ट पार्नुभयो ।

जसले एक दुई दर्जन व्यक्ति बोकेर जिन्दावाद, मुर्दावाद भन्छ उसलाई इतिहासले सराप्ने बताउँदै उहाँले भन्नुभयो, ‘बालकोटमा इतिहासकै सवैभन्दा बढी बजेको व्यवस्थापन गरेकाले क्षेत्र विकास कोष (सांसद कोष)को रकम उक्त ठाउँमा प्रयोग नगरी अन्य ठाउँमा प्रयोग गर्ने योजना बनाएको हो । जति फेसबुकमा आलेचना गरे पनि हुन्छ । आलोचकले बजेटको विस्तृत विवरण हेरे हुन्छ । कहाँ कति बजेट व्यवस्थापन भएको छ भनि ।’

भक्तपुरमा निर्माणको प्रकृयामा रहेका राष्ट्रिय गौरवका आयोजनाले आम भक्तपुर वासीको भाग्य र भाविष्य निर्धारण हुने उल्लेख गर्दै उहाँले पुल, सडक, ढल, खानेपानी, हनुमन्ते करिडोर, अन्तराष्ट्रिय रंगशाला, प्राणी उद्यान, आधुनिक सभागृह, आधुनीक वीर अस्पताललगायतका विकासहरु कसैले विरोध गरेर नरोकिने समेत पुनः उद्घोष गर्नुभयो ।

एकिकृत सरकारी कार्यालय अन्तरगत सात वटा सरकारी कार्यालय बनाउने कार्य समेत अघि बढिरहेको बताउँदै उहाँले भन्नुभयो, ‘भक्तपुरमा कुनै पनि विकास हुन्छ–हुन्छ, विकासको विरोधीको नाम इतिहासमा कालो अक्षरले लेखिन्छ । जनप्रतिनिधि तथा सम्बन्धीत निकायले काम गर्नुस्, चुनावको चिन्ता नलिनुस्, दुई वर्षमा यो शहर निर्माण गरेर संसारलाई देखाइदिउँ की नेपालीले काम कसरी गर्छन भनेर ।’