Banner News

नैतिक र सामाजिक पत्रकारिताका लागि अनुसन्धानात्मक पाठ्यक्रम आवश्यक : मन्त्री खतिवडा



काठमाडौँ, २२ माघ । अर्थमन्त्री डा. युवराज खतिवडाले नैतिक र सामाजिक मूल्य मान्यतामा आधारित पत्रकारिताका लागि अनुसन्धानात्मक पाठ्यक्रम आवश्यक रहेको बताएका छन् ।

त्रिभुवन विश्व विद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन शिलान्यास गर्दै मन्त्री खतिवडाले सामाजिक जिम्मेवारी सहितको पत्रकारिता विकासका लागि अनुसन्धानात्मक पाठ्यक्रमको विकास अनिवार्य रहेको बताए ।

मन्त्रीखतिवडाले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा सञ्चार क्षेत्रको पहिलो भूमिका रहने बताउदै उनले सबै शैक्षिक प्रतिष्ठानहरुलाई पनि पत्रकारिताको अध्ययन, अनुसन्धान गराउने केन्द्रक रुपमा विकास गर्दै जानुपर्नेमा जोड दिए ।