राजनीति

वरिष्ठ पत्रकार शर्माको निधन



काठमाडौँ, २२ माघ । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको ७२ वर्षको उमेरमा निधन भएको छ ।

७२ वर्षीय पत्रकार शर्माको बुधबार बिहान मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको उनका जेठा छोरा पञ्कज शर्माले जानकारी दिए ।

पछिल्लो समय उनको मृगौलामा समस्या देखिएको थियो भने पिसाबसम्बन्धी पनि समस्या रहेको थियो । शर्माका दुई छोरा र एक श्रीमति छन् ।