पर्सा, २३ माघ । आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्साको पोखरियाबाट बाबु पक्राउ परेका छन ।
पोखरिया नगरपालिका–४ सतवरियाका ४० वर्षीय पुरुषलाई मंगलबार १६ वर्षीया छोरीलाई घरमै बन्धक बनाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
अभियुक्तले शुक्रबारदेखि आफ्नै घरभित्र धम्की देखाएर आफुलाई बलात्कार गर्दै आएको पीडित किशोरीले इलाका प्रहरी कार्यालय पोखरियामा बताएपछि उनका बाबुलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्