राजनीति

साझा पार्टीका नेताहरु पक्राउ



काठमाडौँ, २४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धर्ना दिन पुगेका साझा पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

ललिता निवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुलाई उन्मुक्ति दिएको भन्दै साझाले अख्तियारमा धर्ना दिएको थियो ।

उक्त प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित केही पूर्वमन्त्रीसहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।