काठमाडौँ, २५ माघ । ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा आज दिनभर लोडसेडिङ हुने भएको छ ।
पाटनको कुपन्डोल फिडरबाट वितरण हुँदै आएका छावहाल, पाटन ढोका, नपाहिटी, कुम्बेश्वर, शंखमूल धापागाल, तरकारीबजार, मंगलबजार, लगनखेललगायत स्थानमा दिनभर विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरण, पुल्चोक वितरण केन्द्रले जनाएको छ ।
वितरणकेन्द्रमा सपोर्ट च्यानल राख्नुपर्ने भएकाले बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्