कञ्चनपुर, २५ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने बताएका छन ।
आज भीमदत्तनगरपालिका–१६ स्थित बन्द अवस्थामा रहेको सो विमानस्थलको अनुगमन गर्दै मन्त्री भट्टराईले स्थानीय, प्रदेश र सङ्घीय सरकारको लगानीमा विमानस्थललाई पुनः सञ्चालनमा ल्याइने बताए ।
उनले भने, “तीनवटै सरकारका साझेदारीमा पुनः सञ्चालन हुन्छ । “यसका निम्ति प्रक्रिया अघि बढाउँछौँ । २०५१ सालमा यहाँबाट विमान चढेर काठमाडौँ गएको सम्झना अझै छ ।”
अनुगमनका क्रममा विमानस्थलको क्षेत्रफल र विस्तार गर्नुपर्ने अन्य क्षेत्रका साथै समग्र विषयमा जानकारी लिएका थिए । २०५६ सालमा असुरक्षाका कारण विमानस्थल सञ्चालन रोकिएको थियो ।










प्रतिक्रिया दिनुहोस्