एजेन्सी, २५ माघ । अन्टार्टिका महादेशमा सर्वाधिक तापक्रम मापन भएको छ ।
बिहीबार सो महादेशमा आजसम्मकै १८.३ डिग्री सेल्सियसको सर्वाधिक तापक्रम मापन गरिएको हो ।
अर्जेन्टिनाको अनुसन्धान आधार क्षेत्र एस्पेरेन्जामा मापन गरिएको यो तापक्रम सन् २०१५ मा नापिएको तापक्रम भन्दा ०.८ डिग्री सेल्सियसले बढी हो। सो समयमा १७.५ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो ।
बिहीबार मापन गरिएको तापक्रमलाई संयूक्त राष्ट्र संघको विश्व मौसम विज्ञान संगठनले पुष्टि गरेको छ ।










प्रतिक्रिया दिनुहोस्