काठमाडौँ, २६ माघ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जता मन लाग्यो त्यतै बाटो खन्ने डोजर संस्कृतिको नियमन आवश्यक रहेको बताउनुभएको छ ।
आइतबार राजधानीमा आयोजित सगरमाथा संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले वातावरण संरक्षणका लागि डोजर संस्कृतिको नियमन आवश्यक रहेको बताउनुभयो । अहिले जलवायु परिवर्तनको चपेटामा मुलुक परेको भन्दै उनले डोजरको बारेमा पनि कार्यक्रममा छलफल आवश्यक रहेको औंल्याउँदै उहाँले विकसित मुलुकहरुका कारण जलवायु परिवर्तनको समस्या उब्जिएको बताउनुभयो ।
उहाँले त्यसबाट सिर्जित समस्या नेपालजस्ता कम विकसित देशहरुले भोग्नु परिरहेको बताउँदै नेपालमा रहेका गगनचुम्बी हिमालहरुले पृथ्वीलाई चिसो बनाउन मद्दत गरिरहे पनि यो पक्षलाई महत्त्व नदिएको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्