एजेन्सी, २७ माघ । अष्ट्रेलियाको न्यु साउथवेल्स राज्यमा भारी वर्षा भएको छ । शनिबार रातिको भारी वर्षाका कारण झण्डै पाँच हजार हेक्टर वन क्षेत्र सखाप पारेको ठूलो डढेलो भने निभेको बताइएको छ ।
वर्षाका कारण राजधानी सिड्नीसहित अधिकांश क्षेत्र जलमग्न भएका छन् । शनिबार रातिको वर्षा दुई दशकयताकै ठूलो मापन गरिएको अधिकारीहरुले बताएका छन् ।
आइतबार दिउँसोबाट सिड्नी, सेन्ट्रल कोस्ट, हन्टर, ब्लु माउन्टेन्स र इलवारा क्षेत्रमा विद्युत सेवा बन्द भएको छ । बिजुली नहुँदा त्यहाँका हजारौं बासिन्दा समस्यामा परेका छन् ।
हावासहितको वर्षाका कारण सडक किनारको रुख ढल्दा एउटा कार थिचिएको तस्वीर न्यु साउथवेल्सको एम्बुलेन्स सेवाको ट्वीटर ह्याण्डलबाट सार्वजनिक गरिएको छ । मौसमविदहरुले भारी वर्षा र बाढीका कारण स्थिति खतरनाक हुनसक्ने चेतावनी दिँदै पूर्वसतर्कता अपनाउन सुझाव दिएका छन्










प्रतिक्रिया दिनुहोस्