समाचार

आजको राशिफल



आज २०७६ साल माघ २८ गते मंगलबार, फागुन कृष्ण पक्ष द्वितीया,विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस

मेष (चुचेचोलालिलुलेलोअ)

घरमा अतिथीको आगमन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । सवारी साधनको खरिद बिक्री हुनेछ ।

वृष (इवाविवुवेवो)

शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ ।

 चुनौतीको सामना गर्नुपर्ला । कार्य सम्पादनमा समस्या आउला । बैदेशिक क्षेत्र कमजोर रहला ।

मिथुन (काकिकुकेकोहा)

इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसंग पनि मेलमिलाप हुनेछ । प्रेममा सफलतापनि पाईनेछ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)

विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । अचल सम्पत्तिको कारोवार हुनेछ ।

कन्या (टोपापिपुपेपो)

प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । आर्थिक कारोवारमा मन्दी आउनेछ । पेट सम्बधी समस्याका साथै सामान हराउन सक्नेछ ।

तुला (रारिरुरेरोतातितुते)

धनार्जनका नयाँ स्रोतहरूपत्ता लाग्नेछन् । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ ।

धनु (येयोभाभिभुधाफाढाभे)

आज पुनर्मिलनको योग रहेको छ । बिश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । कुविचारमा मन जानेछ । अनावश्यक धन खर्च हुनेछ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)

आज रमणीय र सुखद् यात्राको योग छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मंगल कार्यको योग छ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

मीन (दिदुदेदोचाचि)

कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । उपहार पाइने सम्भावनाछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।मंगलबार, माघ २८

साभारः हाम्रो पात्रोबाट