काठमाडौँ, २९ माघ । अर्थमन्त्री डा. युवराज खतिवडाले फागुन मसान्तसम्म पनि सुरु नहुने आयोजनाका लागि बजेट नदिने घोषणा गर्नुभएको छ ।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले सरकारले चालु आर्थिक वर्ष २०७६/७७को अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार १० प्रतिशतले घटाएको जानकारी गराउनुभयो । अब बजेटको आकार १३ खर्ब ८५ अर्ब कायम भएको मन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । सरकारले यो वर्ष १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँ बजेट ल्याएको थियो ।
बजेटमा अनुमान गरिएकोमध्ये ९०.५ प्रतिशत मात्रै राजस्व उठ्ने संशोधित अनुमान गरिएको खतिवडाले बताउँदै यो वर्ष ९ अर्ब ८१ अर्ब १३ करोड ८३ लाख राजस्व संकलनको लक्ष्य रहेको तर अब ८ खर्ब ८८ अर्ब मात्रै राजश्व संकलन गर्ने गरी लक्ष्य संशोधन गरिएको जानकारी गराउनुभयो ।
साउनदेखि पुससम्म चालु घाटा सुधार भएको छ भने विदेशी लगानी उत्साहप्रद छ र वित्तीय पहुँच बढेको उल्लेख गर्दै मन्त्री खतिवडाले विप्रेषण १ प्रतिशतले मात्रै बढेको छ भने चालू खाता घाटा आधाले घटेको जानकारी गराउनुभयो । विदेशी विनिमय सञ्चिति सुधार भएर कर्जा र निक्षेप बढेको छ, तर वृद्धिदर घटेको छ । नेप्से परिसूचक ८५ अंकले सुधार भएको उहाँले जानकारी गराउनुभयो ।










प्रतिक्रिया दिनुहोस्