काठमाडौँ, १ फागुन । नायिका श्वेता खड्काले एक क्यान्सर पीडितलाई ५० हजार सहयोग गरेकी छन ।
नायिका खड्काले आफ्नो जन्मदिन दिन क्यान्सर पीडित खजुरा, बाँकेकी २४ बर्षिया दिना परियारलाई टिचिङ्ग अस्पातलमै पुगेर खड्काले ५० हजार सहयोग गरेकी हुन ।
सहयोग गर्दै खड्काले भनिन्, ‘म आर्थिक सहयोग गर्नु भन्दा पनि दिना बहिनीलाई आँट, हिम्मत र साहस दिन आएकी हुँ । आफ्नो उपस्थितिले दिनाको ओठमा मुस्कान देखिनु नै आफ्नो जन्मदिनको सबै भन्दा ठूलो गिफ्ट भएको बताइन् ।’
क्यान्सरकै कारण ५ बर्ष अगाडि आफ्ना पति श्रीकृष्ण श्रेष्ठलाई गुमाउनु परेको दुखद क्षणलाई सम्झदै नायिका खड्काले भनिन्, ‘क्यान्सरले मेरो खुशी खोसेको छ, त्यसैले यो रोगलाई म मेरो शत्रुको रुपमा लिन्छु । ‘यो रोगले मेरो जीवनसाथीलाई समेत मृत्युको काखमा पुर्याएको छ ।’
क्यान्सर रोगका कारण आफ्नो जीवनमा अपुरणीय क्षती भएको बताउँदै श्वेताले आफू क्यान्सर अस्पताल निर्माणको कार्यमा जुटेको समेत जानकारी दिइन् । उनले जावलाखेलमा रहेको नेशनल क्यान्सर अस्पताललाई बिस्तार गर्न लागेको जानकारी पनि दिइन् ।
उनले भनिन्, ‘आर्थिक अभावमा क्यान्सरको उपचार गराउन नसकेकाहरुको लागि मेरो अस्पतालले सेवा दिनेछ ।’
प्रतिक्रिया दिनुहोस्