पोखरा, १ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बालुवाटार जग्गा प्रकरणको छानविन र अदालतमा मुद्दा दायर सरकारले अघि बढाएको सुशासनतर्फको पाइला भएको बताएकी छन ।
सहकारी विभागले गण्डकी प्रदेशका स्थानीय तहका पदाधिकारीबीच सहकारी नियमन तथा प्रबर्द्धन विषयमा आयोजना गरेको गोष्ठीलाई आज सम्बोधन गर्दै मन्त्री अर्यालले बालुवाटार प्रकरण मुलुकमा सुशासन कायम गर्ने पाइला भएको बताइन ।
उनले भनिन, ‘मुलुकमा सुशासन कायम गर्ने प्रभावकारी पाइला हो बालुवाटार प्रकरण । सरकारले अहिले प्रकृया अगाडी बढाएको छ, ‘यसबारेमा धेरैले निकै प्रश्न गरे । २ पटक मैले संसदमा जवाफ दिए । अहिले बालुवाटार प्रकरणमा एक्सन हुँदा केही समुह उफ्रिरहेका छन किन ?’ ‘सरकार सुशासन कायम गर्ने दिशामा छ । बालुवाटारमा हडपिएको जग्गा सहकारी नै हो, कसैको कुरा नसुनी सरकारी नै बनाइन्छ ।’
बालुवाटार मात्र नभएर देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याइने बताउदै मन्त्री अर्यालले २६४ विघा सरकारी जग्गा कानुनी रुपमै फिर्ता गरिसकेको जानकारी दिइन । १३ विघा जग्गा फिर्ताको अन्तिम तयारीमा रहेको भन्दै उनले ४६७ विघा जमिन फर्काउने गरी प्रस्ताव गरेर प्रकृया अघि बढाइसकेको जानकारीसमेत दिइन ।










प्रतिक्रिया दिनुहोस्