राजनीति

एमसीसी कार्यदलको म्याद थपियो



काठमाडौँ, २ फागुन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी अध्ययन गर्न गठित कार्यदलको म्याद १० दिन थप गरेको छ ।

पहिलेको १० दिनले प्रतिवेदन तयार पार्न नभ्याइएकाले १० दिन म्याद थप गरिएको अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले जानकारी दिनुभयो । कार्यदलमा खनालको नेतृत्वमा प्रदिप ज्ञवाली तथा भिम रावल रहनुभएको छ ।

केन्द्रीय कमिटी बैठकमा एमसीसी प्रस्तावबारे सदस्यहरूको मत बाझिएपछि सर्वसम्मत रूपमा अध्ययन, सुझाव कार्यदल गठन गरिएको थियो । सम्झौता अध्ययनपश्चात् अमेरिकी सरकारसँग पनि केही कुरामा प्रस्ट हुनुपर्ने भएकाले थप समयको माग गरिएको खनाल निकट स्रोतले जानकारी दिएको छ । अमेरिकी सरकारले सम्झौताका सर्तहरू हेरफेर नहुने संकेत गरिसकेको छ ।