काठमाडौँ, ३ फागुन । पदार्थ सेवन गरेका बुबाले बञ्चरो प्रहार गरी आफ्नै छोरीको हत्या गरेका छन् ।
प्रहरी कार्यालय झापाका अनुसार मादक पदार्थ सेवन गरी घर पुगेका झापाको शिवसताक्षी नगरपालिका ९ दुधे बस्ने ४६ वर्षीय भीमबहादुर ठटालले २६ वर्षीय छोरी रेखाको हत्या गरेको हो ।
घरायसी विवादकै क्रममा बुबा भीमबहादुरले बिहीबार राति साढे ८ बजेको समयमा बञ्चरोको विडले छोरी रेखाको टाउको प्रहार गरेका थिए । बुबाको कुटाइबाट गम्भीर घाइते भएकी उनको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा शुक्रवार बिहान मृत्यु भएको हो ।
घटनापश्चात् प्रहरीले बुबा भीमबहादुरलाई नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्