समाचार

मोटरसाइकललाई टिपरले ठक्कर दिँदा दुईको मृत्यु, एक घाइते



मोरङ,  ४ फागुन । विराटनगर महानगरपालिका–४ ढाटमा तीन जना सवार मोटरसाइकललाई टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भनेएक जना घाइते भएका छन् ।

विराटनगरबाट इटहरी तर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १६०८ नम्बरको मोटरसाइकललाई को १ ख ७३०९ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक सिराहा सुखीपुर नगरपालिका–२ का २४ वर्षीय मोहम्मद ओजिर राइन र सप्तरी चण्डीमलहनिया गाउँपालिका–२ का २८ वर्षीय हरेराम साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, सप्तरी रुपनीका १८ वर्षीय धनराज यादव द्दाइते भएका छन् । उनको उपचार भइरहेको छ । तीव्र गतिमा रहेको मोटरसाइकलले टिपरलाई ओभरटेक गर्ने क्रममा टिपरले ठक्कर दिएको बताइएको छ ।

ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।