काठमाडौँ, ४ फागुन । नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत सञ्चालित स्विप अपरेसनका क्रममा अवैध कार्यमा संलग्न ५७ जनालाई प्रहरीले काठमाडौँको गोंगबु नयाँ बसपार्कक्षेत्रबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ ।
गएराति पक्राउ पर्नेमा सनकाजी दर्जी, कमल काराखेती, विनोद भट्टराई, विष्णु थापा, नरेन्द्र पोमु, अशोक पोमु, सोमबहादुर तामाङललगायत छन् । नियन्त्रणमा रहेका सानुकाजी जबरजस्ती करणीका फरार अभियुक्त हुन् ।
पक्राउ परेका ५७ जनालाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अपरेसनका क्रममा प्रहरीले १ सय लिटर अवैध घरेलु मदिरा पनि नष्ट गरेको छ ।










प्रतिक्रिया दिनुहोस्