बुटवल, ४ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्र झमेला, रिसलाई त्यागी सामाजिक भावनात्मक वैचारिक ढंगले सुदृढीकरण गर्नुपर्ने बताउनुभएको छ ।
नेकपाको प्रदेश ५ कमिटीले बाँकेको कोहलपुरमा गरेको कार्यक्रममा बोल्दै उहाँले पद प्रतिष्ठा पाउनको लागि मात्रै पार्टी एकता नगरिएको बताउनुभयो । समृद्धि र समाजवादको यात्रा तय गर्न पार्टी एकता गरिएको दावी उहाँले दावी गर्नुभयो ।
राजनीतिक एकता भए पनि सांगठनिक र भावनात्मक एकता केही बाँकी रहेको बताउँदै उहाँले भन्नुभयो, ‘पार्टी एकता टुंगियो, केही बाँकी रहलपहल होला, महासचिवसंग बसेर टुंगिन्छ ।’
महासचिव विष्णु पौडेलले सरकारका काम र पार्टीका निर्णयलाई लिएर सातै प्रदेशमा अगुवा कार्यकर्ता भेला र प्रशिक्षणका कार्यक्रम सुरु गरिएको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्