Banner News

हामी डिजिटल नेपाल बनाउने महाभियानमा छौँ : प्रधानमन्त्री ओली



काठमाडौँ,  ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउने महाअभियानमा रहेको बताएका छन  ।

धुलिखेल नगरपालिकाको ३४औँ स्थापना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलिले डिजिटल नेपालका लागि विकास र सेवाका क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गर्ने नीति लिइएको बताए ।

उनले भने,’डिजिटल नेपालका लागि विकास र सेवाका हरेक क्षेत्रमा आधुनिक प्रविधि कार्यान्वयन गर्दै अघि बढिरहेका छौँ, फोरजी सेवा पनि सबै जिल्लामा पुगिसक्यो । हरेक दिन हामी युगान्तकारी काम गरिरहेका छौँ, देश आधुनिकता, विकास, सामाजिक न्याय–समानता र समृद्धितर्फ अघि बढिरहेको छ ।’

प्रधानमन्त्री ओलीले सरकार महिला र पिछडिएका समयुदायको उत्थान, रोजगारी र युवालाई विदेशप्रति विकर्षणका कार्यक्रम ल्याइएको बताउदै उनले भने, ‘अब हाम्रा प्रतिभा, श्रम–सामथ्र्य बाहिर नजाऊन् भन्नका लागि सीपयुक्त बनाएर दक्ष जनशक्तिमा परिणत गर्दैछौँ, शिक्षालाई जीवनसँग जोडेर जीवनयोपयोगी बनाउने प्राविधिक र ज्ञानमूलक शिक्षा नागरिकमा पु¥याउने काम गर्दैछौँ ।’