काठमाडौँ, ६ फागनु । पूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मी संस्थापक सभापति भागवत ज्ञवालीको निधन भएको छ ।
ज्ञवालीको मंगलबार बिहान ४ बजे ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । २००१ सालमा गुल्मीमा जन्मिएका उहाँ २०४८ सालमा कांग्रेसबाट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित हुनुभएको थियो ।
उहाँका श्रीतमी, दुई छोरा र तीन छोरी हुनुहुन्छ ।










प्रतिक्रिया दिनुहोस्