राजनीति

स्ववियु निर्वाचन अनिश्चितकालीन स्थगित गर्नु पदाधिकारीको असक्षमता : सहसंयोजक तामाङ



काठमाडौँ, ७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गर्नु विश्वविद्यालयका पदाधिकारीको असक्षमता भएको बताउनुभएको छ ।

त्रिविले अनिश्चितकालिन स्थगित गरपछि सामाजिक सञ्जालमा लेख्दै भन्नुभएको छ, ‘स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गर्नु विश्वविद्यालय पदाधिकारीको असक्षमता हो । विद्यार्थीहरुको एकमात्र निर्वाचित संस्था लामो समय देखी नेतृत्व बिहिन हुँदा विश्वविद्यालय प्रसासन जिम्मेवार बनेर निर्वाचनको वातावरण बनाउन लाग्नुको सट्टा जिम्मेवारीबाट पन्छिएर भाग्नु गलत छ ।

विश्वविद्यालयले लोकतान्त्रिक प्रतिशपर्धा, शिक्षा, स्वास्थ्य, रोजगार, राष्ट्रियता, महंगी, भ्रष्ट्राचार, बिज्ञान’प्रबिधिका बिषयमा युवाहरुलाई स्वस्थ्य बहसको वातावरण बनाउन जरुरि थियो, जुन कुरा विश्वविद्यालयले कहिल्यै सोचेन, केवल आफ्नो कार्यकाल कसरि बिताउने भन्ने बारे मात्र सोच्यो ।

# खुला प्रतिशपर्धाबाट पदाधिकारी नियुक्ति नहुनुको बिडम्बना ।
# राजनीतिक नियुक्तिको नियति ।’