रौतहट, ७ फागुन । कर्तव्य ज्यानलगायतका दर्जन बढी अभियोगमा संलग्न फरार अभियोगि तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौटहट र बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले गएराति ११ बजे चन्द्रपुर नगरपालिका-४ स्थित जगलसहियाबाट कुर्मीलाई नियन्त्रणमा लिएको हो । एम्बुस थापेर बसिरहेका कुर्मीले प्रहरीमाथि गोली चलाएपछि आत्मरक्षाका लागि चार राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ ।
कुर्मीको वायाँ खुट्टामा २ राउन्ड गोली लागेको छ । घाइते कुर्मीलाई उपचारका लागि चन्द्रपुर प्रालि अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । कुर्मीको साथबाट १ थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ५ राउन्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्