काठमाडौँ, ९ फागुन । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई राजीनामा गराएर उन्मुक्ति दिन खोजिएको भन्दै आज सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका बास्कोटालाई यत्तिकै उन्मुक्ति नदिइ छानबिन गरी कानुनी कारबाही गर्न नेविसंघले माग गरेको छ ।
बास्कोटाले अडियोमा ‘माथि’ र ‘हामीलाई’ जस्ता शब्द प्रयोग गरेकोले त्यसको समेत विस्तृत रुपमा अनुसन्धान गरी संलग्न सबैलाई कारबाही गर्न नेविसंघको माग छ ।










प्रतिक्रिया दिनुहोस्