राजनीति

नेकपाको कार्यदलले तयार पार्‍यो एमसीसी प्रतिवेदन



काठमाडौँ, ९ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अध्ययन गरी सुझाव पेश गर्ने जिम्मेवारीसहित गठन गरेको कार्यदले प्रतिवेदन तयार पारेको छ ।

शुक्रबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरवारमा करिब साढे पाँच घण्टासम्म बसेको कार्यदलको बैठकले प्रतिवेदन तयार पारेको हो । वरिष्ठ नेता झलनाथ खनाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल सम्मिलित कार्यदलले सम्भव भएसम्म साँझसम्ममा पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

कार्यदलले प्रतिवेदन तयार पारेको र आज नै नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी भएको कार्यदलका सदस्य भिम रावलले जनाकारी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘सम्भव भएसम्म आजै पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी छ ।’